काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले समसामयिक, राजनीतिक, विकास पूर्वाधार निर्माण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्
बैठकको सुरुमा सभामुख देवराज घिमिरेसँग समय माग गरी सांसद रन्जिता श्रेष्ठले पूर्व सांसद रेशम चौधरीलाई बैशाख १७ गते पक्राउ गरिएको घटनाको निष्पक्ष छानविन गर्न र चौधरीमाथि भएको व्यवहारको सार्वजनिक रुपमा जवाफ दिन सरकारसँग माग गरे ।
सांसदहरुले संघीय संसद्को सिंहदरबारमा भवन निर्माणमा भइरहेको ढिलाइका विषयमा सदनको ध्यानाकर्षण गराउँदै अव म्याद थप गर्दा यसलाई पुरा गर्ने विषमा ध्यान दिनुपर्नेमा जोड दिए ।
कान्तिका सेजुवाल, ठाकुरप्रसाद गैरे, पूर्णबहादुर घर्ती, मनिश झा, प्रभु शाहलगायतले बैठकको आकस्मिक समयमा समसामयिक विषयमा धारणा राख्नु भएको थियो ।
बैठकको शुन्य समयमा सांसदहरुले महिला हिंसाको घटना बढिरहेकाले यसको न्युनिकरणका लागि सरकारकाले काम गर्नुपर्ने, पेट्रोलको मूल्य बढ्ने बित्तिकै बढ्ने गरेको भाडादर पेट्रोलको मूल्य घटे पनि नघट्दा आम नागरिक मारमा परिरहेको बताउनुभयो ।
सांसदहरुले मनसुन सुरु भएसँगै हुनसक्ने विपद्को न्युनिकरणका लागि समयमा नै पूर्वतयारी थाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी रहने कार्यसूची रहेको छ ।





