७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

प्रदीप नेपालको निधनमा प्रतिनिधिसभाले पारित गर्‍यो शोक प्रस्ताव



काठमाडौं । प्रतिनिधिसभाले पूर्वसांसद प्रदीप नेपालको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा दिवंगत नेपालको निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो । नेकपा एमालेको तर्फबाट २०५० सालमा राष्ट्रियसभा सदस्यमा निर्वाचित नेपाल २०६५ सालमा काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

दिवंगत नेपाल पूर्वमन्त्री समेत हुन् । नेपालको ७१ वर्षको उमेरमा वैशाख २३ गते काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ५ : ५१ बजे