७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

तीनकुनेमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते



काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने सडक खण्डको मुनिभैरव मन्दिर नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकलको पछाडी बसेकी नुवाकोट घर भई हाल ललितपुर बस्ने २३ वर्षीया नागिना तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रमा सेन्टरमा उपचारका लागि लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । सडकमा रातो बत्ती बलेको बेला रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिंदा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  १० : ३६ बजे