२६ बैशाख २०८३, शनिबार | Sat May 9 2026

अदालतका कर्मचारी दुई लाख रुपैयाँ घुससहित पक्राउ



पश्चिम नवलपरासी । जिल्ला अदालत पश्चिम नवलपरासीमा कार्यरत एक कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । कम्प्युटर अपरेटर राम लखन बनियालाई दुई लाख रुपैयाँ घुस रकमसहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

घुस माग गरेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ बेलासपुर चोकबाट बनियालाई नियन्त्रणमा लिइएको अख्तियार कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

लागू औषध मुद्दामा पुर्पक्षका लागी कारागार चलान भएका एक व्यक्तिलाई छुटाउन सहजिकरण गर्ने भन्दै बनियाले घुस रकम माग गरेको अख्तियार बुटवल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ११ : ०६ बजे