७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

सुनको मूल्य तोलामा १४ सयले घट्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ८०० रुपैयाँ कायम छ । बिहीबार ९वैशाख २५० छापावाल सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १० : ५० बजे