७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु



नवलपरासी । नवलपरासीको कावासोती नगरपालिका—१ लोकाहा जंगलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ।

मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएको थियो। चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ७ : ३० बजे