७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

निजामती कर्मचारीको तलब वृद्धि गर्न माग



काठमाडौँ । नेपाल निजामती कर्मचारी सङ्गठनले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेटमा न्यूनतम तलबमान ४० हजारलाई आधार मानी कार्यालय सहयोगीदेखि मुख्यसचिवसम्मको तबलमान निर्धारण गर्न आग्रह गरेको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठनले शुक्रबार आर्थिक वर्ष २०८२र८३ को बजेटमा कर्मचारीको सवाल विषयक अन्तव्र्रिmया कार्यव्रmममा बजेट कर्मचारीमैत्री हुनुपर्ने माग गरेको हो ।

बढ्दो गतिमा रहेका आर्थिक भारलाई अहिलेको कर्मचारीको तलब शतप्रतिशत वृद्वि भए पनि थेग्न नसक्ने सङ्गठनको बुझाइ छ । कर्मचारीको तबल समयानुकूल हुने गरी शिक्षा, स्वास्थ्य, आवासका क्षेत्रमा कर्मचारीलाई सुविधा प्रदान गर्न बजेट ल्याउन सरकारलाई आग्रह गरिएको हो ।

नेपाल निजामती कर्मचारी सङ्गठनका महासचिव रामचन्द्र अधिकारीले निजामती कर्मचारीको तबल समयानुकूल बनाउनुपर्नेमा सबै कर्मचारी एकमत भएको बताए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  १० : ३२ बजे