७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

सेती नदीमा हामफालेका युवकको उद्धार



काठमाडौँ । शुक्रवार राती पोखरा महानगरपालिका–१० पृथ्वीचोकस्थित चाईनापुलबाट सेती नदिमा हामफालेका एक युवकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ ।

नाम वतन नखुलेको अन्दाजी २०-२१ वर्षको युवक आत्महत्याको लागि हामफालेका पछि सशस्त्र प्रहरीको टोलीले राती ९ः३५ बजे करिब ४५ मिनेटको प्रयासमा रोप रेस्क्यू प्रयोग गरी उद्धार गर्न सफल भएको हो ।

अन्दाजी १०० मिटर तल सेती नदिको खोँचबाट अर्धचेत अवस्थामा निकालिएका उनलाई उपचारको लागी गण्डकी मेडिकल कलेज पठाइएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  १० : ३५ बजे