१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मन्त्रिपरिषद् बैठक साँझ ६ बजे, गर्भनर नियुक्त लागि सिफारिस गरिने सम्भावना



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

यो नियमित बैठक भए पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे छलफल हुने सम्भावना छ ।

गत बुधबार सरकारले अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे सम्मिलित गभर्नर सिफारिस समिति गठन गरेको थियो । समितिले आजै गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्न सक्ने बताइएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  १२ : ०६ बजे