१८ माघ २०८२, आइतबार | Mon Feb 2 2026

परराष्ट्र मन्त्री राणा जापान प्रस्थान



काठमाडौ । परराष्ट्र मन्त्री डा आरजु राणा जापान प्रस्थान गरेकी छन्।

जापानको टोकियोमा बुधबारदेखि सुरू हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी जापान प्रस्थान गरेकी हुन् ।

मन्त्री राणा ज्येष्ठ नागरिकहरूमा हुने सामाजिक एकान्ततासम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ।

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान ९फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल० द्वारा आयोजित सो सम्मेलनमा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहने छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  १० : ३५ बजे