१८ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मधेश सरकारबाट दुई मन्त्री फिर्ता बोलाउने जनमतको तयारी



ढल्केबर । मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने तयारी गरेको छ । पार्टीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिलअलि मिया र वन तथा वातावरण मन्त्री त्रिभुवन साहलाई फिर्ता गर्ने निर्णय गरेको हो ।

पार्टीका केन्द्रीय प्रवक्ता डा। शरदसिंह यादवले मन्त्रीहरूको एक वर्षे कार्यकालको मूल्याङ्कनपछि फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए । उनीहरुलाई फिर्ता बोलाएर वसन्त कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र सञ्जय यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको उनेको भनाइ छ ।

डा। यादवले भने, “पार्टीले सरकारमा पठाएका प्रतिनिधिको कार्यशैली, जनतासँगको उत्तरदायित्व र नीतिगत सक्रियतालगायत पक्षलाई समेटेर मूल्याङ्कन गरेको हो । मूल्याङ्कनको आधारमा फेरबदल गर्ने निर्णय भएको हो ।”

मधेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले भने यसबारेमा आफूलाई कुनै आधिकारिक जानकारी प्राप्त नभएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ५ : ३८ बजे