७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

बैतडीको खलङ्गामा ५.१ रेक्टर स्केलको भूकम्प



काठमाडौँ । बैतडीको खलङ्गा क्षेत्रमा ५.१ रेक्टर स्केलको भूकम्प गएको छ। शुक्रवार राती १ बजेर ४८ मिनेटमा उक्त क्षेत्रमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बैतडीको खलङ्गा आसपास क्षेत्र रहेको छ। भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाहरूमा पनि महसुस गरिएको जनाइएको छ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  १० : ४२ बजे