७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

सुनको मूल्य ११ सयले घट्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य एकहजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २० रुपैयाँ घटेर एकहजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  १२ : २७ बजे