२४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026

सुन प्रतितोला १४०० रूपैयाँले वृद्धि



काठमाडौं । सुनको भाउ बढदा चाँदीको मुल्य भने स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ४०० रूपैयाँले बढेर आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो। उता, आइतबार चाँदीको मूल्य भने स्थिर रहेकाले अघिल्लो दिन झै आज पनि २ हजार ५ रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  १२ : १३ बजे