१८ माघ २०८२, आइतबार | Mon Feb 2 2026

कर्मचारीले गरेको गल्तीमा गृहमन्त्रीको राजीनामा माग्नु गलत : सिटौला



काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एकजना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत रहेको बताएका छन् ।
आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने समेत बताए । त्यस्तै उनले नेपाली कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरमा हुनसक्ने बताए । शनिवार एक कार्यक्रममा कांग्रेसका नेता शेखर कोइरालाले भने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएका थिए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  १२ : २१ बजे