१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

देउवासहित कांग्रेस नेता बालुवाटारमा, के भयो कुराकानी ?



काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कांग्रेसको नेताहरुको भेटवार्ता भएको छ । प्रधानमन्त्री निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित दुई दलका नेताहरूबीच आज छलफल भएको हो ।

प्रधानमन्त्री ओलीसहित नेकपा ९एमाले० र कांग्रेसका नेताहरूबीच छलफल भएको हो।

छलफलमा कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, मन्त्रीहरू रमेश लेखक, आरजु राणा देउवा र रामनाथ अधिकारी, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेल छन्। समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ६ : १६ बजे