काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन् । पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा थापाले प्रधानमन्त्रीलाई आगामी दिनमा उत्तेजक अभिव्यक्ति नदिन आग्रह गरे ।
हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन । त्यसैले यो जे जस्ता कुराहरू बाहिर सुनियो, त्यस्ता कुराहरू बाहिर आइन्दा नदोहोरियोस्, थापाले भने ।
एक कार्यक्रममा प्रधानमन्त्री ओलीले जेठ १५ गते काठमाडौंलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिएका थिए । १५ गते गणतन्त्रवादीहरुले राजतन्त्र अन्त्य भएको दिनको अवसरमा गणतन्त्र दिवस मनाउने तयारी गरिरहेको छ भने राजावादीहरूले काउन्टर दिन व्यवस्था फालेर राजा फर्काउने लक्ष्यसहित आन्दोलन सुरु गर्दैछ।





