१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

राष्ट्रपतिलाई अर्थमन्त्रीले गरे बजेटबारे ब्रिफिङ



काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गरेका छन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार, यही जेठ १५ गते (बिहीबार) बजेट ल्याउँदै छ । सोही बजेटबारे मन्त्री पौडेलले मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ११ : २० बजे