१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

संसदमा प्रमुख विपक्षी दल माओवादीले माग्यो गृहमन्त्रीको राजीनामा



काठमाडौं । प्रमुख विपक्षी दल माओवादीले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘भिजिट भिसा’ प्रकरणमा नैतिकताका आधारमा मार्गप्रशस्त गर्न उनीहरूले आग्रह गरेका हुन् ।

आज संसदमा बोल्दै माओवादीका उपमहासचिव वर्षमान पुनले भिजिट भिसामा गृहमन्त्रीको सचिवालयको प्रत्यक्ष संलग्नता देखिएको समाचार आइरहेको बताए । उनले अनुसन्धानका लागि मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरेका हुन् ।

“ गम्भिर बिषयमा प्रश्न उठेपछि राजीनामा दिएर अनुसन्धानका लागि मार्गप्रशस्त गरिदिनुस्,” उनले भने ।

उनले राजीनामा नदिए सदनको कारबाही अघि बढ्न नदिने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  ११ : ५३ बजे