१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत



मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मङ्गलबार बसेको बैठकले प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुजचन्द्र लामिछानेले प्रदेश सभाको बुधबारको बैठकमा प्रदेश प्रमुखबाट सम्बोधन हुने सरकारको आगामी आवको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको जानकारी दिए ।

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बुधबार दिउँसो १ बजे प्रदेशसभाको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम सम्बोधन गर्ने गरी समय तय भएको छ ।

निजी वनको साल प्रजातीको रुख कटान तथा ओसारपसारसम्बन्धी कार्यविधि मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्ने निर्णय गरेको मन्त्री लामिछानेले बताए । यस्तै, बागमती प्रदेशस्तरीय लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

धादिङका नेत्रराज पौडेल र रामेछापका निशा न्यौपानेलाई समितिको सदस्यमा नियुक्ति गर्ने निर्णय गरिएको हो । उक्त समिति पाँच सदस्यीय रहने व्यवस्था रहेकोमा यसअघिनै तीन जनाको नियुक्ति भइसकेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  २ : १८ बजे