१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

एकीकृत समाजवादीको कार्यकर्ता भेला बिहीबार



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०ले बिहीबार यहाँ कार्यकर्ता भेला गर्ने भएको छ ।

केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार भेलामा पार्टीका विभिन्न कमिटीका गतिविधिबारे समीक्षा हुनका साथै कमिटी प्रतिनिधिलाई प्रशिक्षण दिइने छ ।

मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानलाई सशक्त बनाउन आवश्यक भएकाले सिद्धान्त, नीति तथा कार्यक्रम मिल्ने राजनीतिक पार्टीसँगको सहकार्यबारे पनि भेलामा विचारविमर्श हुने उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।

यसैबीच, १८औँ गणतन्त्र दिवसका अवसरमा पार्टीले देशका विभिन्न भागमा सभा, भेला, गोष्ठी, वृक्षरोपण, रक्तदान, दिपावलीलगायत गतिविधि गर्ने जनाइएको छ । रासस

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  १० : ५६ बजे