७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध



नवलपरासी । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०को चोरमारा र दुम्कीवासमा बनाइएको डाइभर्सन बाढीले बगाउँदा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चोरमारा र दुम्कीवासमा निर्मित वैकल्पिक सडक बाढीले बगाएपछि यातायात आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का एसपी यादव ढकालले जानकारी दिए ।

चोरमारा र दुम्कीवासमा पुल भाँचिएपछि बनाइएको डाइभर्सन बिहीबार ९जेठ १५० रातिको वर्षाले बगाएपछि हाल वैकल्पिक सडक निर्माणको काम सुरु गरिएको छ । यति बेला चोरमारा र दुम्कीवास क्षेत्रमा सयौँ यात्रु बाटोमा अलपत्र परेका छन् ।

नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०अन्तर्गत पर्ने चोरमारा पुल गएको वैशाख २९ गते र दुम्कीवास पुल पुस २६ गते भाँचिएको थियो । पुल भाँचिएपछि खोलाबाट डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको थियो । रासस

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  १० : ५५ बजे