काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले एशियाली राष्ट्रहरूबिच सहकार्य र नवप्रवर्तनमार्फत कृषि प्रणाली रुपान्तरण गर्न आवश्यक रहेको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एशियाली खाद्य तथा कृषि सहयोग पहल ९अफासी०को सातौँ महासभालाई सम्बोधन गर्नुहुँदै मन्त्री अधिकारीले दिगो कृषि अभ्यास र खाद्य सुरक्षामा क्षेत्रीय सहकार्यलाई सुदृढ गर्नुपर्ने बताए ।
उनले अफासी एशियाली राष्ट्रहरूमाझ कृषि र खाद्य सुरक्षामा सहकार्य, नविनता र आपसी अध्ययनको एक महत्त्वपूर्ण प्लेटफर्म भएको समेत उल्लेख गरे । उनले जलवायु परिवर्तन, खाद्य असुरक्षा र ग्रामीण जीविकोपार्जन जस्ता साझा चुनौतिहरूसँग जुध्न आपसी सहकार्य र समन्वय आवश्यक रहेको समेत बताए ।
उनले भने, ‘‘अफासी एशियाली राष्ट्रहरुमाझ कृषि र खाद्य सुरक्षामा सहकार्य, नविनता र आपसि अध्ययनलाई एक महत्त्वपूर्ण प्लेटफर्म भएको छ । यसको सुरुवातदेखि अफासीले कृषि अनुसन्धानलाई सुदृढ बनाउन दिगो फार्मिकको अभ्यासलाई प्रवर्धन गर्न र क्षेत्रीय खाद्य प्रणालीलाई सुधार गर्नमा महत्त्वपूर्ण योगदान गरेको छ ।’’
उहाँले एशियाली राष्ट्रहरुको साझा दृष्टिकोण, प्रयास र समन्वयमार्फत कृषि रुपान्तरणका नयाँ अवसरहरू पहिचान गर्न सकिने विश्वास समेत व्यक्त गरे ।





