७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

कान्तिलोकपथ चार दिन पूर्णरुपमा बन्द हुने



काठमाडौँ । कान्तिलोकपथ ९काठमाडौँ–हेटौंडा सडक० चार दिन पूर्णरुपमा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले लोकपथअन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकाले चार दिन सडक बन्न गर्न लागिएको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कडेलद्वारा जारी सूचनामा यही जेठ २१ देखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने उल्लेख छ ।

यो अवधिमा हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाइएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  १० : १० बजे