काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूले आज पनि अवरुद्ध गर्ने भएका छन् ।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि पहिलोपटक आज बस्न लागेको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने विपक्षी दलको तयारी छ ।
सोमबार बसेको नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले सोमबार बैठक बसेर बैठक सञ्चालन हुन नदिने निर्णय गरिसकेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान उनीहरुको छ ।





