२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

सिंहदरवार भित्र कर्मचारीको धर्ना



काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियनहरु सिंहदरवार भित्र धर्ना एवम् घेराउमा उत्रिएका छन ।

आज राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।

आफ्ना मागहरु संवोधन नगरिकन निजामती विधेयक पेश गर्न लागिएको भन्दै निजमति कर्मचारी आवद्ध सवै जसो ट्रेडयुनियनहरुले संयुक्त रुपमा सरोकारवाला मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विहान १० बजेदेखि धर्ना दिएका हुन ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  १ : ०५ बजे