१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

बागमती प्रदेशको नीति कार्यक्रम बहुमतले पारित



मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२(८३ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री बहादुर सिंह लामाले नीति तथा कार्यक्रम पारित गरियोस भनि गर्नु भएको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जेठ १४ गते प्रस्तूत गरेको प्रदेश सरकारको नीति कार्यक्रममा तीन जना प्रदेश सभा सदस्यहरूले संशोधन प्रस्ताव राखेको भएपनि संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

नीति तथा कार्यक्रममाथि १९ गतेदेखि निरन्तर छलफल भएको थियो । छलफलमा उठेका विषयहरुको मुख्यमन्त्री लामाले सदनमा जवाफ दिने क्रममा हाँसोको लहर चलेको थियो ।

आफ्नो बाल्यकाल सम्झिँदै मुख्यमन्त्री लामाले “कक्षा २ मा पढ्दा कक्षा ८ को दाजुको अंग्रेजी किताब कस्तो हुँदो रहेछ भनेर बोक्थें, तर, केही बुझ्दिन थिएँ,” भन्ने उदाहरण दिँदै विगतका नीति कार्यक्रम त्यस्तै भएको उल्लेख गर्दै अहिले सबैले बुझ्ने बनाएको दाबी गरे ।

मुख्यमन्त्रीले “एकपटक फोहोर गरेपछि सफा गर्न गाह्रो हुन्छ”, “सरकारी घाम कहिले जाला घाम हुन्छ”, “छुस्स–छुस्सले फुस्स”, “ट्याक्क पारेर” “रोटी घुमेजस्तो फाइल घुम्यो”, “डिजास्टर भयो त भयो, कस्को बाउको के लाग्छरु” जस्ता अभिव्यक्तिले बैठक हलमा हाँसो चल्यो ।

आगामाी आर्थिक वर्षकाृ नीति तथा कार्यक्रममा साना–साना योजनाहरू हटाएर समग्र, प्रभावकारी योजनातर्फ सरकार लागेको मुख्यमन्त्री लामाले बताउनुभयो । प्रदेश सरकारको प्रशासनिक भवनको निर्माणलाई राष्ट्रिय गौरवको आयोजनामा पार्न निकै संघर्ष गर्नुपरेको जनाउँदै टेन्डर प्रक्रिया चाँडै अघि बढ्ने जानकारी दिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ११ : ०३ बजे