१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

प्रविधिको प्रयोगले राहदानी वितरण प्रभावकारी भएको छ : परराष्ट्रमन्त्री



कैलाली। परराष्ट्रमन्त्री डा. आरजुु राणा देउवाले प्रविधिको प्रयोगले राहदानी वितरण प्रभावकारी भएको बताएका छन् ।

राहदानी विभागद्वारा धनगढीमा आयोजित प्रदेशस्तरीय अभिमुखीकरण अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै परराष्ट्रमन्त्री राणाले राहदानी प्राप्त गर्नु नागरिकको अधिकार भएको बताउनुहुँदै यसमा कुनै प्रकारको अवरोध हुन नहुने धारणा औंल्याए ।

परराष्ट्रमन्त्री राणाले विगतमा राहदानी बनाउन झन्झटिलो प्रक्रियाले सर्वसाधारणलाई समस्या भएको बताउनुहुँदै अब डिजिटल प्रविधिको माध्यमबाट सजिलो र सुलभ सेवा प्रवाह गर्ने दिशामा सरकार अघि बढेको बताए ।

उहाँले भन्नुभयो, “पहिला राहदानी बनाउन धेरै गाह्रो थियो । अहिले भने अनलाइनबाटै ई–पासपोर्ट सजिलै बनाउन सकिने अवस्था बनिसकेको छ, प्रविधिको प्रयोग गरेर यो प्रणालीलाई अझ प्रभावकारी बनाउने विषयमा पनि सोचिरहेका छौँ ।”

परराष्ट्रमन्त्री राणाले राहदानी वितरण प्रक्रियामा अझै पनि केही समस्या रहेकोे स्वीकार गर्नुहुँदै एक जिल्लाबाट बनाएको राहदानी अर्को जिल्लामा पठाउने, पुनः त्यहाँबाट ल्याउन जानुपर्ने जस्ता समस्या रहेका छन् सुधारको प्रयास जारी रहेको उनको भनाइ छ ।

उनले भने, “राहदानी वितरण प्रक्रियामा दखिएका समस्या समाधान गर्न आवश्यक नीति तथा प्रविधिक व्यवस्था गर्न छलफल भइरहेको छ । तपाईंहरूले गर्ने प्रविधिक कामले नै सुधार ल्याउने छ भन्ने विश्वास छ ।”

विगतको जस्तो रहदानी बनाउन नागरिकले अब धेरै समस्या खेप्नु नपर्ने मन्त्री राणाको दाबी छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०८२, शनिबार  १ : ०२ बजे