१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

भूमिसम्बन्धि विधेयक छिटो पारित हुन्छ : प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण, नाप नक्साङ्कन, विवाद समाधान तथा जग्गा दर्ता र प्रमाणपूर्जा वितरणसम्मको योजना बनाइ तीनै तहका सकारसँगको सहकार्यमा काम भइरहेको जानकारी गराएको छ।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीसहितको छलफलमा आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दश वर्षदेखि बसोवास र अन्य सरकारी जग्गा नपाएका नागरिकलाई भूमिहीन, सुुकुम्वासी पहिचान गर्ने तथा अव्यवस्थित बसोवासीका हकमा कम्तीमा १० वर्षदेखि सरकारी, ऐलानी, पर्ति जमिनमा आवाद÷कमोद गरेर बसोवास गरिरहेको हुनुुपर्ने मापदण्ड तयार गरिएको जानकारी गराए ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएका काम गर्न थप सहज हुने आयोगका पदाधिकारीको भनाइ रहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  १ : १८ बजे