सङ्खुवासभा । सङ्खुवासभा उत्तरी क्षेत्र किमा थाङ्कामा बाढीले नेपाल (चीन सिमानाको सीमा स्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोट खोला १ किमा थाङ्का नाका नजिकै रहेको ७१ ९१० नम्बरको सीमा स्तम्भ पुरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गुल्म अरुण गुल्म चैनपुरका डिएसपी अमर लामाले जानकारी दिए । नेपाल – चिन सिमानामा रहेको ७१ ९१० नम्बरको सीमा स्तम्भ बगाएको हो ।
बाढीले बगाएको नेपाल – चिन सीमा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट किमा थाङ्का बाट १६ किलोमिटर दुरीमा पर्दछ । भोट खोला( १ स्थित दोङगोप्पा खोला र छोकाङ खोलामा जेठ १८ गते आएको बाढीले नेपाल – चिन सिमानाको ७१ ९१० नम्बर सीमा स्तम्भ बगाएको सशस्त्र प्रहरीका डिएसपी लामाले बताउनुभयो । किमा थाङ्का विओपिबाट सशस्त्र प्रहरी निरीक्षक वसन्त पण्डितको टोलीले गस्ती खटिएको बेला सीमा स्तम्भ बगाएको जानकारी गराए ।
लगातारको वर्षापछि आएको बाढीले ७१ ९१० नम्बर नम्बरको सीमा स्तम्भ पुरिए बेपत्ता भएको छ । माथिल्लो क्षेत्रमा केही दिन यता लगातार वर्षा भइरहेको छ । सङ्खुवासभामा २१ वटा सीमा स्तम्भ रहेका छन् । किमा थाङ्का नाकामा २०७६ पुसमा सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोस्ट स्थापना भएको हो ।





