७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बर्दिबासबाट तीन हजार ५४० किलो अवैध सुर्ती बरामद



काठमाडौं । महोत्तरी प्रहरीले ठूलो परिमाणमा अवैध सुर्तीजन्य पदार्थसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले प्रदेश–२–०३–००१ख०५५७ नम्बरको ट्रकसहितसहित त्यहाँ ‘लोड’ गरिएको ८९ बोरा सुर्तीजन्य पदार्थ बरामद गरेको हो ।

बिहीबार ९जेठ २९० बिहान बर्दिबासको बयलबास टोलमा रोकिराखेको ट्रक जाँच गर्दा अवैध सुर्ती फेला परेको उक्त कार्यालयका प्रमुख एवं डीएसपी विकास बमले जानकारी दिए ।

सुर्तीको तौल तीन हजार ५४० किलोग्राम छ । ट्रकचालक र धनी को हुन् भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  १ : ४७ बजे