७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

‘एयर इन्डिया’को विमान दुर्घटना !



नयाँ दिल्ली । अहमदाबाद विमानस्थल नजिकै एयर इन्डियाको विमान दुर्घटनामा परेको छ ।

भारतीय सञ्चार माध्यम ुटाइम्स अफ इन्डियाुका अनुसार विमान लन्डन उडान भर्ने क्रममा दुर्घटनामा परेको हो । विमानमा करिब २९० यात्रु सवार रहेको जनाइएको छ ।

यस्तै, दमकल घटनास्थलमा पुगेको छ भने आपतकालीन प्रतिक्रिया टोलीहरू खटाइएको भारतीय सञ्चार माध्यमले जनाएको छ । दुर्घटनाको कारण भने अझै पुष्टि भएको छैन ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ३ : २५ बजे