१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

प्रतिनिधिसभाको बैठक बस्दै, संसद चले यी हुन् कार्यसूचि



काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२र८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२ ’ पेस गर्ने कार्यसूची छ । भिजिट भिसा प्रकरणले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षीले अवरोध गरेपछि लामो समयदेखी संसद चल्ल सकेको छैन ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ११ : ४१ बजे