१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

कोसी प्रदेश सरकारको बजेट आज



विराटनगर । कोसी प्रदेश सरकारले आइतबार९आज० आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट ल्याउँदै छ । अपराह्न ३ बजेका लागि प्रदेशसभा बैठक बोलाइएको छ ।

सभामा आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्नेछन् । चालु आर्थिक वर्षका लागि कोसी सरकारले रु। ३६ अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएको थियो ।

प्रदेश सरकारले आगमी आर्थिक वर्षका लागि ल्याउने बजेट ३७ अर्ब हाराहारीको हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

झापाको गौरदहमा शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट निरन्तर घट्ने क्रममा रहेकाले आगामी आर्थिक वर्षको बजेट ३७ अर्ब हाराहारीको हुने बताएका थिए ।

“अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौँ,” उनले भने, “वास्तविक श्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत छ ।”

कोसी सरकारले संघीय सरकारबाट प्राप्त गर्ने अनुदान घट्दो क्रममा रहनु र आन्तरिक आयमा समेत संकुचन आउनुले बजेटको आकार बढाउन नसकिएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १२ : ०३ बजे