७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

शनिबारदेखि बेपत्ता थिए, फेला पर्‍यो शव



तनहुँ । गत शनिबारदेखि बेपत्ता एक पुरूषको सोमबार शव फेला परेको छ।

तनहुँको बन्दीपुर गाउँपालिका–३ का ५६ वर्षीय मंगले नेपालीको शेराटारस्थित खुदी खोलाको दहमा शव फेला परेको हो।

मंगलेको शव खुदी खोलाबाट बनेको दहमा तैरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।

मृतकको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ।

शनिबारदेखि हराइरहेका मंगलेको खोजतलास भइरहेको थियो। दह छेउमा उनले प्रयोग गर्ने कपडा र चप्पल फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : ३० बजे