७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सुनको मूल्य तोलामा ९ सयले बढ्यो



काठमाडौं ।स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य ६५ रुपैयाँ बढेर दुई हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ११ : ०६ बजे