३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

तीन दलका शीर्ष नेताको बैठक बस्दै



काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजे बस्ने बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू सहभागी हुनुहुने जनाइएको छ ।

बुधवारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौँ बाहिर रहेकोले आजका लागि सारिएको हो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ११ : २१ बजे