काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला ४०० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
आज सुन प्रतितोला एकलाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य २५ रुपैयाँ घटेर दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।





