७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

सर्लाहीमा झडप : इन्स्पेक्टरसहित १० जना घाइते



सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–४, खैरवाटोलमा शनिबार ९असार ७० बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् । सडक विस्तारका विषयमा विवादपछि ढुंगा हानाहान भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नाका साथै एक राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता बालिष्टर सिंहले जानकारी दिए ।

घटनामा प्रहरी निरीक्षक ९इन्स्पेक्टर० दिवाकर गणेशको दाहिने हातमा चोट लागेको छ । प्रहरी जवान प्रमेश्वर राय यादवको टाउकामा चोट लागेको छ । बरहथवा नगर अस्पतालमा उनीहरूको उपचार भइरहेको छ ।

यस्तै, बरहथवा नगरपालिका–४, खैरवाका ५० वर्षीय टीकाबहादुर कार्की, ५२ वर्षीय कुलबहादुर कार्की, ३५ वर्षीय सञ्जय कुशवाह, ४२ वर्षीय रमेश महतो, ३८ वर्षीय इन्दु देवी, २६ वर्षीय प्रदीप कुशवाह, २८ वर्षीय अनिल कुशवाह र ३५ वर्षीय उमेश महतो घाइते छन् । घाइतेमध्ये टीकाबहादुर र कुलबहादुरलाई बरहथवामा प्राथमिक उपचारपछि काठमाडौं ‘रेफर’ गरिएको छ । अरू घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।

झडपमा संलग्न भएको आरोपमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ५ : ३९ बजे