१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

झम्क तिमल्सिनाको उपन्यास विमुक्ति सार्वजनिक , सामाजिक अन्तरवस्तु मुख्य बिषय



काठमाडौँ । झम्क तिमल्सिनाको उपन्यास विमुक्ति लोकार्पण गरिएको छ । शनिवार एक कार्यक्रमका बिच साहित्यकार भुवनहरि सिग्देल, कथाकार माया ठकुरी, समालोचक द्वय डा.अशोक थापा र महेश पौड्यालले संयुक्त रुपमा उक्त कृतिको लोकार्पण गरेका हुन् । ।

उपन्यास सामाजिक अन्तरवस्तुमा लेखिएको छ । कृतिमाथि टिपणी गर्दै थापाले एउटा सम्भ्रान्त वर्गको छुटेको परिवारको कथा समेटिएको बताए । त्यस्तै समालोचक पौड्यालले विमुक्तिमा सामाजिक र दार्शनिक पक्ष समेटिएको बताए । कृतिकार तिमल्सिनाले पाठकको प्रेरणा प्राप्त हुन सके लेखनयात्रालाई निरन्तरता दिने बताए । सर्जक तिमल्सिनाको यो दोस्रो कृति हो । उनले यसअघिनै विज्ञानसँग सम्बन्धित उपन्यास अन्धकूप बजारमा ल्याइसकेका छन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ६ : ०७ बजे