७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

भारत उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार



कञ्चनपुर । भारतको उत्तराखण्डस्थित उद्यमसिंह नगरमा आकर्षण रोजगारीको प्रलोभनमा परेर बन्धक बनाइएका सुदूरपश्चिमका एकसहित ३५ नेपाली युवालाई सकुशल उद्धार गरिएको छ ।

आकर्षक रोजगारीको प्रलोभनमा पारी बन्धक बनाइएका डोटीको दिपायल सिलगढी नगरपालिका– १ का १९ वर्षीय प्रेम मल्लसहित ३५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार डोटीका मल्लसहित ३५ जनालाई विगत लामो समयदेखि उद्यमसिंह नगरमा बन्धक बनाइएको थियो ।

दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा ‘परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम यस राजदूतावासले उत्तराखण्ड प्रहरी र किन इन्डिया ९सामाजिक संस्था०को सहयोगमा यही मिति असार ५ गते ३५ जना नेपालीहरूको सफलतापूर्वक उद्धार गरिएको’ उल्लेख छ । उनीहरूको उद्धार गरी राजदूतावासको संस्थागत समन्वयमा नेपाल ल्याउने तयारी भइरहेको डिएसपी गौतमले जानकारी दिए ।

आकर्षक जागिरको प्रलोभनमा नेपालको डोटी, दाङ, ताप्लेजुङ, स्याङ्जा, उदयपुर, पाँचथर, पोखरालगायत जिल्लाका युवालाई त्यहाँ बोलाएर बन्दी बनाइएको थियो । उद्धार गरिएका युवाहरू १६ देखि ४१ वर्ष उमेर समूहका छन् । उनीहरूलाई कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुल गरिएको खुल्नमा आएको डिएसपी गौतमले बताए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ११ : १५ बजे