१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कोरोना सङ्क्रमणबाट एकजनाको मृत्यु



काठमाडौँ । कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो पटक २०८० साल वैशाख २१ गतेदेखि कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको थिएन । कोरोना सङ्क्रमण सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ४७, कोशी प्रदेशमा सात, मधेश प्रदेशमा पाँच, गण्डकी प्रदेशमा तीन र सुदुरपश्चिम प्रदेशमा २१ जना छन् ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न नयाँ सबभेरिएन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विशेषगरी भारतबाट फर्कनेमा सीमा नाकामा रहेका हेल्थ डेक्समा आरडिटी परीक्षण गर्दा कोरोना पुष्टि हुने क्रम बढ्दो छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १ : ०९ बजे