७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

त्रिभुवन राजपथ चार घण्टा बन्द हुने



काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड बन्द हुने भएको छ ।

मकवानपुरको भिमफेदी गाउँपालिका–९ लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड मर्मत कार्य हुने भएकाले बाटो बन्द हुने प्रहरीले जनाएको छ ।

“लामिडाँडा–सिमभञ्ज्याङ सडकखण्ड – मकवानपुरको रानी भञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिछ्याउने कार्य गरिने भएको छ,” प्रहरीले भनेको छ, “उक्त कार्यका लागि मिति शुक्रबार र शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म उक्त सडकखण्ड बन्द रहनेछ ।”

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १० : ५३ बजे