७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु



बैतडी । बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार बिहान ८ बजेतिर घरनजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो ।

घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो । धामीका श्रीमान, एक छोरा र एक छोरी छन् । रासस

प्रकाशित मिति : १४ असार २०८२, शनिबार  १ : १० बजे