५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरुद्ध



काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । जिल्लाको बुलिङटार गाउँपालिका–१, बतासेडाँडा र गौँडामा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान करिब ७ बजे उक्त दुई स्थानस्थित सडकखण्डमा पहिरो खसेको हो । सडक खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १० : २५ बजे