५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बृद्धि



काठमाडौं । स्थानीय बजारमा फेरी सुनको मूल्यमा बृद्धि भएको छ । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ५०० रुपैयाँ कायम छ । सोमबार ९असार १६० छापावाल सुन प्रतितोला एक लाख ८८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १५५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  २ : ३३ बजे