१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

माओवादी सांसदले भने-प्रदेश सरकार नैतिक हिसाबले ढलिसक्यो



धनगढी । नेकपा (माओवादी केन्द्र) नेता एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य मानबहादुर धामीले सुदूरपश्चिम प्रदेश सरकार नैतिक रुपमा ढलिसकेको बताएका छन्।

अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकमाथिको छलफलमा आज भाग लिँदै उनले अधिकांश प्रदेश सभा सदस्यले सरकारको बजेटमाथि समर्थन नजनाएकाले सरकारले नैतिकता गुमाइसकेको बताए। प्रदेश सरकारको बजेटमाथि छलफलमा सहभागी २७ मध्ये एक÷दुई जनाबाहेक बाँकी कसैले बजेटमाथि समर्थन नजनाएको उनको भनाइ थियो।

नैतिक रुपमा सरकारले आफ्नो धरातल गुमाइसकेको भन्दै धामीले एकचोटी फेरि विश्वासको मत लिन मुख्यमन्त्रीलाई आग्रह गरे ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १ : ५० बजे