१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि जारी



काठमाडौँ । सोमबारदेखि शुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा असार १६ गतेदेखि सुरू भएको बैठक शुक्रबार बिहान ११ बजेदेखि जारी रहेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा क्रियाशील सदस्यता नवीकरण तथा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको म्याद थप गर्ने वा नगर्नेलगायत विषयमा छलफल गरिनेछ ।

यस विषयमा केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राखिरहेका छन्।

बिहीबार एक दर्जन नेताहरुले धारणा राखिसकेको छन् ।

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १२ : ४३ बजे