५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

कर्णाली राजमार्गमा ठुला सवारी साधन सञ्चालनमा रोक



काँक्रेविहार। कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभीरमा सडक भत्किएपछि ठुला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

शुक्रबार बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भन्नुभयो, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुन अनुरोध गर्दछौँ ।” रासस

प्रकाशित मिति : २० असार २०८२, शुक्रबार  १२ : ४९ बजे