५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

सन्दीप डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बेसडर



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् ।

डेनिम एण्ड डेभिलले सन्दीपलाई तीन वर्षका लागि ब्राण्ड एम्बेसडर बनाएको हो । ब्राण्ड एम्बेसडर सम्बन्धस् सम्झौता पत्रमा डेनिम एण्ड डेभिलका तर्फबाट सिइओ धनश्याम काफ्ले र सन्दीपले हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै सन्दीपले डेनिम एण्ड डेभिल्ससँग आफ्नो सम्बन्ध सुरुवात देखि नै रहेको र लामो कथा रहेको बताए । ‘‘नीहरुसँग मेरो लामो स्टोरी छ । सन् २०१८ मा घनश्याम दाईसँग मिटिङ भएपछि सहकार्य भयो । त्यो यात्रा आफैँमा सुनदर थियो । धेरै रमाइला पलहरु छन् । खुशीको क्षण छ । आफुलाई पनि गर्व लाग्छ यो ब्राण्ड यहाँसम्म पुग्दा । मलाई परिवार जस्तै गर्नभएको छ ।’’

सिइआ काफ्लेले सन्दीपसँग यसअघि पनि सहकार्य गरेको र यो दोस्रो पटक सहकार्य रहेको बताए । ‘‘धेरै अगाडि नै यो कार्यक्रम आयोजना गर्ने कोसिसमा थियौँ तर विभिन्न कारणले गर्दा हुन सकेन । ढिलै भए पनि हाम्रो सहकार्य अघि बढेको छ । सन्दीप आफैँमा ब्राण्ड एक ब्राण्ड हुनुहुन्छ । सानै उमेरमा नेपाललाई विश्वमा चिनाउने खेलाडी छन् ।’’

उनले ओडिआईमा एक सय २७ र टी–२०आईमा एक सय १७ विकेट लिनुका साथै ओडिआईमा चार सय ७५ रन समेत बनाएका थिए ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  ९ : ४६ बजे